दफा
निजीकरणको प्रक्रिया निर्धारण गर्ने

नेपाल सरकारले निजीकरणको लागि वर्गीकृत कुनै प्रतिष्ठानलाई देहायका कुनै वा सबै प्रक्रिया अपनाई निजीकरण गर्न सक्नेछः–
(क) प्रतिष्ठानको शेयर विनिवेश गरेर, तर त्यसरी शेयर विनिवेश गर्दा प्रतिष्ठानको प्रकृति तथा वित्तीय अवस्था हेरी सम्भव भएसम्म जनसाधारण, कामदार तथा कर्मचारीको सहभागितालाई प्राथमिकता दिइनेछ।
(ख) सहकारीकरण गरेर,
(ग) प्रतिष्ठानको सम्पत्ति बेचबिखन गरेर,
(घ) प्रतिष्ठानको सम्पत्ति भाडामा दिएर,
(ङ) प्रतिष्ठानको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागिता गराएर,
(ङ१) प्रतिष्ठानको सम्पत्ति मौद्रिकीकरण गरेर
(च) समितिको सिफारिशमा नेपाल सरकारले उपयुक्त देखेको अन्य कुनै माध्यम अपनाएर ।